+
+
Shares

सामाजिक सञ्जालमा विगतलाई सम्झिँदै दयाहाङ

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ११ गते १३:४०

नेपाली चलचित्र क्षेत्रमा नायक दयाहाङ राइको नाम अग्रपङ्क्तिमा छ । तर, दयाले यो नाम बनाउनका लागि ठूलो मेहनत गरेका छन् । चलचित्र क्षेत्रमा लाग्दा होस् या नाटकको दुनियाँमा रमाउँदा नै होस्, दयाको संघर्षको कथा धेरैका लागि प्रेरणादायी छ ।

उनै, दयाहाङ राई पनि अरू जस्तै कोरोनाविरुद्ध आह्वान गरेको लकडाउनमा छन् । लकडाउनमा रहेका दयाहाङले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफ्ना पुराना तस्वीरहरू सेयर गरिरहेका छन् ।

करिब तीन लाख फलोअर्स कमाएका दयाले सामाजिक सञ्जालमा सेयर गरेका तस्वीरले पनि उनको विगत बारे बोलेको छ।

उनले, चलचित्र ‘अनागरिक’ रिलिजको समयदेखि चलचित्र ‘दासढुंगा’ छायांकनका तस्वीर पनि पोस्ट गरेका छन् ।

दया अहिले फेरिएका छन् । तर, उनको व्यवहार भने झनै परिपक्क हुँदै गएको छ । चलचित्रमा अभिनय गर्ने क्रममा कहिले तारिफ त कहिले आलोचना भोगेका यी नायकबाट अन्य कलाकारहरूले सिक्नुपर्ने कुरा धेरै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?