Comments Add Comment

इन्सपेक्टरमाथि डीएसपी कुटेको आरोप

प्रतिकात्मक तस्वीर

११ वैशाख, काठमाडौं । सशस्त्र प्रहरी बल ३८ नं. गुल्म हेडक्वाटर (राजश्व तथा भन्सार सुरक्षा गस्ती)मा कार्यरत दुईजना इन्सपेक्टरमाथि डिएसपीलाई कुटपिट गरेको आरोप लागेको छ ।

प्रहरी निरीक्षकद्वय केशव भट्टराई र दयाराम पौडेलले मादक पदार्थ सेवन गरी सोही बयारेकमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) मानबहादुर थापालाई कुटपिट गरेको आरोप लागेको हो ।

सशस्त्र प्रहरी बलका एक अधिकृतका अनुसार थापाले मादक पदार्थ सेवन गरेर आएको विषयमा प्रश्न उठाएपछि इस्पेक्टरद्वयले उल्टै गालीगलौज र कुटपिटका थिए ।

सशस्त्र प्रहरीको ब्यारेकमा मदिरा सेवन निषेध गरिएको छ ।

घटना बाहिर आएपछि सशस्त्र प्रहरी बल, हल्चोकले छानबिन गरेर कारबाही प्रक्रिया अघि बढाउन ५ नं. बाहिनीलाई निर्देशन दिएको छ ।

सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी प्रविणकुमार श्रेष्ठले ५ नं.का बाहिनीपति डीआईजी नारायणदत्त पौडेललाई छानबिन गर्न भनिएको अनलाइनखबरलाई बताए ।उनले भने, ‘घटना सम्बन्धमा के भएको हो, बुझेर कारबाही हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment