३० चैत, काठमाडौं । डिउटी सकेर फर्किँदै गरेका एक ट्राफिक प्रहरी अधिकृत दुर्घटनामा परी गम्भीर घाइते भएका छन् ।
मोटरसाइकलमा फर्किँदै गर्दा राति सवा ११ बजे ट्रकले ठक्कर दिंदा ३२ वर्षीय ट्राफिक प्रहरी इन्सपेक्टर अभय लामा गम्भीर घाइते भएका हुन् ।
लामा चढेको बाप्र०२-०२९ प ९४१५ नम्बरको मोटरसाइकललाई बाप्र ०३-००१ ख १७१५ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।
दुर्घटना लामा तारकेश्वर नगरपालिका-८ डाँडागाउँस्थित सडकमा भएको हो । नेपालटारबाट फुटुङतर्फ जाँदै गरेका लामालाई विपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिएको थियो ।
उनलाई उद्धार गरी उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि बीएण्डबी असप्ताल पठाइएको प्रहरीले जनाएको छ ।
घाइते भएका इन्सपेक्टर लामा काठमाडौं उपत्यमा ट्राफिक प्रहरी कार्यालयको मानव स्रोत व्यवस्थापन शाखामा कार्यरत छन् । रामेछाप घर भएका उनी तार्केश्वरक-७ फुटुङ बस्दै आएका थिए ।
लामाले २०७२ सालमा प्रहरी जवानमा भर्ना भै खुला प्रतिस्पर्धाद्वारा प्रहरी सहायक निरीक्षक र पछि फेरि खुला प्रतिस्पर्धाबाटै प्रहरी निरीक्षकमा नाम निकालेका थिए ।
प्रहरीले ठक्कर दिने ट्रक चालक मकवानपुरको मनहरी-५ का ३८ वर्षीय राम मोक्तानलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
प्रतिक्रिया 4