+
+
Shares

सिङ्गापुरबाट स्वास्थ्य सामग्री लिएर श्री एयरलाइन्सको जहाज काठमाडौं आइपुग्याे 

रासस रासस
२०७७ वैशाख १२ गते ११:०१

१२ वैशाख,काठमाडाैं। सिङ्गापुरबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिएर श्री एयरलाइन्सको जेट जहाज बिहान काठमाडौँ आइपुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र टेमासेक फाउण्डेशनको स्वास्थ्य सामग्री लिएर श्रीको कलसाइन नाइनएन एएमबी सिआरजे ७०० जहाज बिहान ८ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

बिहीबार बिहान सिङ्गापुर प्रस्थान गरेको श्रीको जहाज हिजै साँझ फर्कने तालिका रहे पनि प्रतिकूल मौसमका कारण आज फर्किएको हो । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्रीले चार्टर्ड उडानमार्फत सिङ्गापुरबाट अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको हो ।

कम्पनीका संस्थागत प्रबन्धक अनिल मानन्धरले जहाजले सरकारी ५० केजी र कमर्सियल कार्गो ११९ केजी स्वास्थ्य सामग्री ल्याएइको  जानाकारी दिए । स्वास्थ्य सामग्री निजी क्षेत्रले स्वास्थ्य मन्त्रालयका लागि ल्याएको र  स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरिने कम्पनीले  जनाएकाे छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?