Comments Add Comment

सरकारको विश्लेषण : तीन लाख श्रमिक स्वदेश फर्किन सक्छन्

१२ वैशाख, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९)का कारण श्रम गन्तव्य मुलुकहरूमा रहेका करिब तीन लाख श्रमिक स्वदेश फर्किन सक्ने विश्लेषण गरेको छ ।

साउदी अरब, मलेसिया, यूएई, कतार, कुवेत, बहराइन, ओमान लगायतका मुलुकमा ठूलो संख्यामा नेपाली श्रमिक छन् । त्यहाँ १५ लाख बढी नेपाली कार्यरत छन् । ती मुलुकहरूमा अवैध काम गरिरहेका नेपालीको संख्या पनि ठूलो छ ।

शुक्रबार मन्त्रिपरिषद्को बैठकमा तत्काल तीन लाख श्रमिक नेपाल फर्किने अवस्थामा पुगेको रिपोर्टिङ भएको छ ।

साउदी अरबले भारतीय श्रमिकहरूलाई फिर्ता पठाउन फारम गराएको थियो । त्यसमा नेपालीहरूले पनि फारम भरेका छन् ।

यस्तै, कतिपय मुलुकमा नेपालीहरू कामविहीन भएका छन् । यसका साथै लामो समयदेखि अवैधानिक रुपमा बसेका काम गरिरहेकाहरू पनि अहिले समस्यामा परेका छन् ।

‘प्रधानमन्त्रीले कतार, साइप्रस, बहराइन लगायतका मुलुकका आफ्ना समकक्षीहरूसँग कुराकानी गर्नु भएको छ,’ एक मन्त्रीले भने, ‘अहिलेलाई त्यहीँ राख्ने र कोरोनाको महामारी सकिएपछि आवश्यक निर्णय गर्ने कुराकानी भएको छ ।’

सबैभन्दा बढी अवैधानिक रुपमा काम गरिरहेकाहरू अहिले समस्यामा परेको बताइएको छ । सरकारले पनि अब उनीहरूलाई सम्बन्धित देशको रजिस्ट्रेसन प्रक्रियामा समावेश हुन जोड दिनेछ । उनीहरू स्वदेश फर्किने सम्भावना बढी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment