+
+
Shares

एक सेट पीपीईमा २ हजार रुपैयाँ नाफा ! कारबाहीमा परे विक्रेता

नवीन ढुंगाना नवीन ढुंगाना
२०७७ वैशाख १२ गते १८:५४

१२ वैशाख, काठमाडौं । एन–९५ मास्क र पर्सनल प्रोटेक्टिभ इक्विप्मेन्ट (पीपीई) बढी मूल्यमा बिक्री गर्ने तथा विवरण लुकाउने तीन विक्रेतालाई वाणिज्य विभागले कारबाही गरेको छ ।

बढी मूल्यमा पीपीई बिक्री गर्ने त्रिपुरेश्वरको महालक्ष्मी इशान इन्टर प्राइजेजलाई दुई लाख तथा एन–९५ मास्कलाई बढी मूल्यमा बिक्री गर्ने चाबहिलको कालिका ट्रेडर्सलाई तीन लाख रुपैयाँ तथा स्वास्थ्य सामाग्रीको खरिद बिक्री विवरण नदेखाउने त्रिपुरेश्वरकै कान्तिपुर सर्जिकललाई दुई लाख जरीवाना गराइएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

महालक्ष्मी इशान इन्टर प्राइजेजले तीन हजार सात सय रुपैयाँमा किनेर दुई हजार रुपैयाँ नाफा राखेर पीपीई सेटा बिक्री गरेको पाइएको विभागले जनाएको छ ।

चाबहिलको कालिका ट्रेडर्सले ४३० रुपैयाँमा किनेर एन–९५ मास्क ६ सय रुपैयाँसम्मा बिक्री गरेको पाइएको विभागले जनाएको छ ।

यस्तै त्रिपुरेश्वरको कान्तिपुर सर्जिकलले पछिल्लो तीन महिनाको खरिद बिक्री विवरण सार्वजनिक गर्न नमानेपछि उसलाई अनुचित क्रियाकलाप कसूरमा जरिवाना गराइएको पनि विभागले जनाएको छ । विभागको नियमित अनुगमनका क्रममा शुक्रबार ती बिक्रेताहरुहरुलाई कारबाही गरिएको विभागले जनाएको छ ।

लेखक
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?