Comments Add Comment

उत्तर प्रदेशमा ३० जुनसम्म भेला र सभा समारोह गर्न रोक

१३ वैशाख, काठमाडौं । भारतको उत्तर प्रदेश सरकारले ३० जुनसम्म मानिसहरुलाई भेला हुन र सभा समारोह गर्न रोक लगाएको छ ।

मुख्यमन्त्री योगी आदित्यनाथले राजनीतिक र्‍याली र सामाजिक–सांस्कृतिक समारोहमा रोक लगाउने घोषणा गरेका हुन् । उनकाअनुसार राज्य सरकारले अरु राज्यमा रहेका मजदुरहरुलाई पनि फिर्ता ल्याउनेछ ।

उत्तर प्रदेशमा कोरोना भाइरसबाट अहिलेसम्म १६०० संक्रमित भएका छन्, जसमध्ये २५ जनाको मृत्यु भएको छ ।

भारतभर संक्रमितको संख्या २४ हजार नाघेको छ भने अहिलेसम्म ७७५ जनाको मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment