+
+
Shares

तामाकोसीमा डुबेर एक किशोरको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १३ गते १८:३६

१३ वैशाख, रामेछाप । रामेछापमा तामाकोसी नदीमा डुबेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा मन्थली नगरपालिका वडा नम्बर-२ टेकानपुरका १८ वर्षीय सुमन रम्तेल रहेका छन् ।

सदरमुकाम मन्थली नजिकै तामाकोसी नदीमा शनिबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको रामेछापका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

नदीमा डुबेका किशोरको उद्दार गरी उपचारका लागि प्रथामिक स्वास्थ्य केन्द्र मन्थलीमा लगिएको थियो । किशोरको उपचारको क्रममा मृत्यु भएको उनले बताए ।

मन्थली एयरपोर्ट नजिकै पौडी खेल्ने क्रममा मध्यान्ह १२ बजेतिर उनी बेपत्ता भएका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयहरूको सक्रियतामा खोजी गरी उनको उद्दार गरिएको थियो । उनीसँगै पौडी खेल्न गएका अर्का युवक भने सकुशल नै रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?