+
+
Shares

आविष्कार केन्द्रले बनायो कोरोनाका बिरामीको सेवामा प्रयोग हुने रोबोट

महावीर पुन भन्छन् - सेनालाई हस्तान्तरण गर्दैछौँ

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १४ गते ११:१४

१४ वैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमितको उपचारमा उपयोगी हुने ठानिएको रोबोट राष्ट्रिय आविष्कार केन्द्रले बनाएको छ । सो रोबोट आइतबार नेपाली सेनालाई हस्तान्तरण गरिँदैछ ।

सो रोबोटले कोरोनाका बिरामीहरूलाई खाना, औषधिलगायतका सामग्री पुर्‍याउने छ । यस्तो रोबोट नेपालकै पहिलो भएको राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले बताएका छन्।

‘यसो हेर्दा यो रोबोट जस्तो देखिँदैन तर काम भने राम्रोसँग गर्छ,’ पुनले आफ्नो फेसबुकमा रोबोटको भिडियो पोष्ट गर्दै लेखेका छन्, ‘यो रोबोट आज नेपाली सेनाको कोरोना अस्पतालमा जान्छ ।’

पुनकाअनुसार यस्तो रोबोट ७५ हजार रुपैयाँमा ११ दिनमै तयार पारिएको हो ।

रोबोटले आवश्यक चिज बिरामीसम्म पुर्‍याउने भएकाले चिकित्सक तथा स्वास्थ्यकर्मी र बिरामीबीच प्रत्यक्ष सम्पर्कमा आउनु पर्दैन । त्यसैले यो रोबोट प्रयोग गर्यो भने बिरामीको सेवा गर्ने नर्सहरू सुरक्षित हुने पुनको दाबी छ ।

‘यो रोबोटको विकास गर्न आविष्कार केन्द्रका अनुसन्धानकर्ताहरूलाई ११ दिन जति लाग्यो । यसमा प्रयोग भएको ट्रली नेपाली सेनाले नै दिएको हो । अन्य पार्टपुर्जाहरूको मात्र मोटामोटी खर्च ७५ हजार रुपैयाँ जति लागेको छ,’ पुनले लेखेका छन् ।

यस्तै, रोबोटको माग वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र सशस्त्र प्रहरी अस्पताल बलम्बुबाट पनि आएकाले थप रोबोट पनि बनाइने पुनले बताए ।

रोबोट अस्पतालमा भर्ना हुने बिरामीको शय्याको छेउमा औषधि, पानीलगायतका सामान राख्ने र्‍याक जस्तै छ । त्यसको तल पाङ्ग्रा जडान गरिएको छ । प्राविधिकहरूले छुट्टै कोठाबाट त्यसलाई यताउता सार्न सक्छन् ।

यसअघि राष्ट्रिय आविष्कार केन्द्रले कोरोना आशंका गरिएका बिरामीहरूलाई जाँच्ने ‘पीपीई बुथ’, सेनिटाइजर छर्ने मेसिन लगायतका सामान अस्पतालहरूलाई दिएको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?