
चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन चलिरहेको समय कोरोना सन्त्रासका कारण छायांकन रोकिन पुग्यो । अहिले नायिका सुहाना थापा घरमै छिन् । विगत एक महिना भन्दा लामो समयदेखिको लकडाउनका कारण उनको दैनिकी फेरिएको छ ।
अहिले सुहाना आफ्नो परिवारसँग समय बिताइरहेकी छिन् । साथै, चलचित्रलाई थप उत्कृष्ट बनाउनका लागि अझै केही गर्न सकिन्छ कि भनेर आफ्नी आमा निर्देशक झरना थापासँग सल्लाह पनि गरिरहेकी छिन् ।
नायिका थापा सामाजिक संजालमा भने सक्रिय छिन् । सुहानालाई सामाजिक संजालमा कहिले यूरोप, कहिले अमेरिका त कहिले क्यानडाका नागरिकको चिन्ता गर्दै गरेको पनि भेट्न सकिन्छ ।
यी सबै देशमा पुगेकाले पनि सुहानालाई यी देशसँग लगाव बढेको हुनुपर्छ । उनै, सुहानाले आफूले हरेक दिन तिमीलाई प्रेम गर्न चाहेको भनेर लेखेकी छिन् ।
सुहानाको यो भनाई कसलाई हो भन्न सकिने अवस्था छैन । तर, लक डाउनको समयमा उनले कसैलाई मिस गरेकी हुन् कि ? या उनले यो भावना आफ्ना शुभचिन्तकहरुका लागि व्यक्त गरेकी हुन ?
जे भएपनि सुहानाले गर्न चाहेको प्रेम सधै बलियो होस्, हामी त यत्ती मात्र भन्न सक्छौ ।
प्रतिक्रिया 4