Comments Add Comment

लकडाउनमा स्मरण गर्न सकिन्छ चाणक्यका यी मन्त्र

चाणक्यले धर्मदेखि नीति, राजनीतिदेखि समाजसम्मका लागि उपयोगी कुराहरु बताएका छन् । कुशल नेतृत्वको ज्ञान त उनले बताएका छन् नै, यसका साथसाथै प्रतिकुल परिस्थितीमा मान्छेसँग कसरी व्यवहार गर्नुपर्छ भनेर पनि सुझाएका छन् ।

अहिले लकडाउनको कारण अधिकांश घरभित्र छन् । एक हिसाबले यो प्रतिकुल अवस्था हो । तर, यही अवस्थामा केही राम्रो काम गर्न सकिन्छ । वा प्रतिकुलतालाई अनुकुलता एवं अवसरमा बदल्न सकिन्छ ।

आफ्नो योजना गोप्य राख्नुपर्छ

जीवनमा सफलता प्राप्त गर्नका लागि लक्ष्य निर्धारण गर्नुपर्छ । ध्यान दिनुपर्ने कुरा के हो भने, आफ्नो योजना अरुलाई भने खुलाउनु हुँदैन, यसमा गोपनियता अपनाउनुपर्छ । अन्यथा अरुले आफ्नो कममा अवरोध पैदा गर्न सक्छ ।

अहिले लकडाउनको फुर्सदमा कुनै कामको योजना बनाउन सकिन्छ । अतः यस्ता योजना तय गर्दा गोपनियता अपनाउनुपर्छ ।

सधै दुःखी रहने व्यक्तिबाट टाढा

कतिपय मान्छे स्वभावैले निरास हुन्छन् । दुःखी हुन्छन् । उनमा कुनै खुसी, उर्जा, उमंग, उत्साह, आशा हुँदैन । उनीहरु कुनै कुरामा संभावना नै देख्दैनन् । सबैकुरा भएर पनि अभावग्रस्त हुन्छन् । यस्ता व्यक्तिहरुसँग टाढा रहनुपर्ने सुझइएको छ । निरासावादी मान्छेहरु सधै नकारात्मक धारणा मात्र अगाडि सार्ने भएकाले उनीहरुसँगको निकटताले आफ्नो उत्साह र उर्जा पनि नष्ट गरिदिन सक्छ ।

लकडाउनका क्रममा पनि कतिपय यस्ता व्यक्तिहरु तपाईंको सम्पर्कमा रहन सक्छन्, जसले सधै नकारात्मक कुरा मात्र गर्छन् । त्यस्ता व्यक्तिबाट अलग रहनु नै वेश हुन्छ ।

यस्ता व्यक्तिमा लक्ष्मीको कृपा हुन्न

लक्ष्मी अर्थात समृद्धिको प्रतिक । चाणक्यले बताएका छन् कस्ता व्यक्तिमाथि लक्ष्मीको कृपा हुँदैन भनेर । जो सफा पहिरन लगाउँदैनन्, जो शारीरिक सफाईमा ध्यान दिदैनन्, जो अत्याकि खान्छन्, कठोर भषा बोल्छन, सूर्योदयपछि मात्र उठ्छन् । यस्ता व्यक्तिमाथि लक्ष्मीको कृपा नहुने चाणक्यले उल्लेख गरेका छन् ।

लकडाउनका क्रममा तपाईंले आफैलाई पनि ताजा, स्वस्थ, फुर्तिलो र सफा राख्न आवश्यक छ । काम छैन भनी सुत्ने र खाने कुरामा मात्र समय नष्ट गर्नु उचित छैन ।

वितेको समयको पछुतो नगर्नु

चाणक्यका अनुसार वितेर गएका क्षणको पच्छताप गर्नुको कुनै अर्थ छैन । विगतमा आफुले गर्न नसकेके काम, आफुले प्राप्त गर्न नसकेको चिज, आफुले गरेका गल्ती कमजोरी आदि सम्झेर बिलौना गर्नु उचित छैन । किनभने ति सबैकुरा हाम्रो हातबाट उम्किएर गाइसकेको छ । विगतको पछुतो गर्न छाडेर भविष्यको चिन्तन गर्नु उपयुक्त हुन्छ ।

यतिबेला तपाईंको मनमा अनेक कुराहरु खेल्न सक्छ । एकान्तमा रहँदा वा एक्लै हुँदा मनमा अनेकथरी कुरा आउँछ र वितेका कुराहरुले  पिरोल्न सक्छ । अतः यतिबेला वितेका कुरामा पछुतो गर्ने भन्दा पनि अबको दिनलाई कसरी उत्कृष्ट बनाउने भनेर चिन्तन गर्नु उचित हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment