+
+
Shares

जापानको अर्थतन्त्र पाँच प्रतिशतसम्म घट्ने प्रक्षेपण

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १५ गते १२:४८

१५ वैशाख, काठमाडौं । जापानको केन्द्रीय बैंकले यस वर्ष जापानको अर्थतन्त्र पाँच प्रतिशतसम्म घट्ने प्रक्षेपण गरेको छ । बैंक अफ जापानले यस वर्ष जापानको अर्थतन्त्रमा तीनदेखि पाँच प्रतिशतसम्मको गिरावट आउन सक्ने बताएको हो । यस वर्षको सुरुमा बैंक अफ जापानले यस वष सामान्य वृद्धिदर हासिल हुने अनुमान गरेको अवस्थामा कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण जापानको अर्थतन्त्र प्रभावित बन्न सक्ने देखिएको हो ।

सोमबार बैंकले सार्वजनिक गरेको विज्ञप्तिमा कोभिड–१९ को असर विश्वभर फैलिएकाले त्यसको असर जापानको अर्थतन्त्रमा पनि पर्नसक्ने बताइएको छ । केन्द्रीय बैठकको नीतिगत बैठकले यस वर्षको आर्थिक वृद्धिदरसम्बन्धी प्रक्षेपण घटाउने निर्णय गरेको हो ।

कोरोना भाइरसको कारण अर्थतन्त्रमा पर्ने असर कम गर्न जापानले ११ खर्ब डलरको आर्थिक साहायता प्याकेज घोषणा गरिसकेको छ । यद्यपि जापानको अर्थतन्त्र कोरोना भाइरसको महामारीभन्दा अगाडि नै कमजोर बन्न पुगेको थियो । सन् २०१९ को अन्तिम त्रैमासमा जापानको अर्थतन्त्रमा गिरावट देखिएको थियो । आगामी महिना जापानले सन् २०२० को पहिलो त्रैमासको नतिजा सार्वजनिक गर्नेछ ।

स्रोत  : सीएनएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?