+
+
Shares

नबिल बैङ्कको ई@नबिल कर्पोरेट इन्टरनेट बैङ्किङ

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १५ गते १४:१२

१५ वैशाख, काठमाडौं । नबिल बैङ्कले ‘ई@नबिल कर्पोरेट इन्टरनेट बैङ्किङ’ सेवा सञ्चालनमा ल्याएको छ । आफ्ना व्यावसायिक ग्राहकलाई विश्वव्यापी रूपमा फैलिएको कोभिड-१९ महामारीको समयमा सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले यस्तो सेवा ल्याएको बैङ्कले जनाएको छ ।

ई@नबिल एसएमई, मिड कर्पोरेट तथा ठूला कर्पोरेटहरूलाई प्रदान गरिने इन्टरनेट बैङ्किङ सेवा हो । ई@नबिलमार्फत बैङ्कका ग्राहकले नबिल बैङ्कमा खाता भएका आफ्ना ग्राहकहरूलाई स्वयं नै रकम भुक्तानी गर्न सक्ने जनाइएको छ । यस्तै देशका अन्य बैङ्क तथा वित्तीय संस्थाहरूमा रहेका खातामा पनि सजिलै भुक्तानी गर्नुका साथै बैङ्क शाखामा नआई आफ्नै कार्यालयबाट थोक भुक्तानीहरूसमेत गर्न सक्ने बैङ्कले जनाएको छ ।

नबिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले ई@नविल व्यावसायिक ग्राहकवर्गलाई सरल, सहज र छिटो वित्तीय सेवा प्रदान गर्ने उत्कृष्ट प्रणाली रहेको भन्दै यस प्रणालीमार्फत ग्राहकले सजिलै छोटो समयमा स्वयं नै रकमान्तरण गर्न सक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?