Comments Add Comment

भोजपुरका संक्रमित युवकको सम्पर्कमा आएकाहरुको रिपोर्ट नेगेटिभ

१५ वैशाख, विराटनगर । भोजपुरका एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उनको सम्पर्कका रहेका मानिसको स्वाबको नमुना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

भोजपुरका ती युवकमा कोरोना संक्रमण देखिएपछि उनका सम्पर्कमा रहेका १५ जनाको स्वाब परीक्षण गरिएको थियो ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबबाट गरिएको स्वाबको नमुना परीक्षणको रिपोर्ट सोमबार नेगेटिभ आएको प्रतिष्ठानका सहप्रवक्ता डा. अशोक ऐर जानकारी दिए ।

आइतबार भोजपुरका संक्रमित युवकका सम्पर्कमा १५ जनाको र प्रदेश २ बाट पठाइएको गरी ६१ वटा स्वाबको नमुना प्रतिष्ठानमा परीक्षण गरिएको थियो । सगरमाथा अस्पतालबाट पठाइएका स्वाबको नमुना सबै सप्तरी जिल्लाका मानिसका थिए । सगरमाथा अस्पतालबाट ४६ जनाको स्वाबको नमुना परीक्षणका लागि प्रतिष्ठान पठाइएको थियो ।

१०८ स्वाबको नमूना परीक्षण

कोरोना भाइरसको आशंका गरिएका प्रदेश १ र २ का जम्मा १ सय ८ जना मानिसको स्वाबको नमुना परीक्षण सोमबार एकैदिन गरिएको छ ।

सोमबार प्रतिष्ठानमा ल्याब स्थापना भएपछि सबैभन्दा बढी संख्यामा स्वाब नमुना परीक्षणको गरिएको हो । ती नमुनाको रिपोर्ट भने आउन बाँकी छ ।

प्रतिष्ठानका सहप्रवक्ता डा. ऐर आइतबार प्रतिष्ठानमा ६१ वटा स्वाबको नमुना परीक्षण भएको थियो । तीनदिन अघि ४८ जनाको स्वाब परीक्षण गरिएको थियो ।

‘सुरुवाती दिनमा ल्याब तयारीको अवस्थामा १२ जनाको स्वाबको नमुना परीक्षण गरिएको थियो,’ सहप्रवक्ता ऐरले भने, ‘प्रदेशमा कोरोना संक्रमितको संख्या बढेसँगै टेष्टको मात्रा बढेको छ,’ योसँगै नमुना परीक्षणको दर पनि बढाएका छौं ।’

सहप्रवक्ता ऐरका अनुसार प्रा. डा. नारायण भट्टराईको नेतृत्वमा कोभिड–१९ संक्रमण भए–नभएको यकिन गर्न पीसीआर (पोलिमर चेन रियाक्सन) परीक्षणको काम भइरहेको छ । जसमा २० जनाको टिमले अनवरत रुपमा काम गदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment