Comments Add Comment

हिन्दी गीतको भिडियोमा अभिनय गरेपछि रीस्ताको करिअर बदलिएला ?

नेपाली चलचित्र क्षेत्रमा नायिका रीस्ता बस्नेत नयाँ नाम होइन । केही बर्ष अगाडिसम्म उनलाई चलचित्र खेल्न भ्याई नभ्याई थियो । चलचित्र ‘होस्टेल’बाट यो क्षेत्रमा पाइला राखेकी रीस्ताले केही चलचित्रमा निरन्तर अभिनय गरिन् । रीस्ताले पनि चलचित्र क्षेत्रमा नयाँ परिचय बनाइरहेकी थिइन् ।

तर, बक्स अफिसमा निरन्तर चलचित्र असफल भएपछि उनी ब्याक भइन् । उनका नयाँ चलचित्र रिलिज नभएको पनि लामै समय भइसकेको छ । यसैबीच, रीस्ता एक हिन्दी गीतको भिडियोमा देखिएकी छिन् ।

टिकटकमा गज्जबको क्रेजब बनाएका भारतीय मोडल मञ्जुल खट्टरसँग उनले मोडलिङ गरेकी छिन् । भारतको चर्चित म्युजिक कम्पनी ‘जी म्युजिक कम्पनी’ले उनको यो भिडियो आफ्नो युट्यूबबाट रिलिज गरेको छ ।

यो गीत सार्वजनिक भएपछि रीस्ताको कामको तारिफ भइरहेको छ । करिब ८ लाख भ्यूज पाइसकेको यो गीतको भिडियोमा रीस्ता आकर्षक देखिएकी छिन् ।

तर, यो गीत सार्वजनिक भइसकेपछि नेपाली मेकरले रीस्तालाई आगामी दिनमा चलचित्रका लागि अफर गर्लान त ? रीस्ताको करिअर के अब बदलिएला त ?

रीस्ता पनि यो कुराको आशमा रहेको हुनुपर्दछ । आशा गरौँ, रीस्ताको अस्ताएको चलचित्र करिअर यो गीतले माथि लैजाने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment