Comments Add Comment

ऋषिसँग ‘दि इन्टर्न’मा काम गर्ने दीपिकाको सपना अधुरै

यो बर्ष बलिउडका लागि सुखद हुने संकेत देखिएको छैन । लक डाउनका कारण बलिउडले दैनिक करोडौ रकम घाटा व्यहोरिरहेको छ । यसमाथि, चर्चित कलाकारको निधनले बलिउड नगरी नै स्तब्ध छ ।

बुधबार क्यान्सर रोगका कारण नायक इरफान खानको निधन भयो । बिहिबार क्यान्सर रोगसँग लड्दा लड्दै नायक ऋषि कपुरको निधन भयो । यी दुई हस्तीको निधनले बलिउडलाई ठूलो क्षती पुगेको छ ।

स्वास्थ्यमा समस्या आएपछि ऋषि कपुरले गतबर्षदेखि चलचित्रमा काम गर्न सकिरहेका थिएनन् । क्यान्सर रोगका कारण अमेरिकामा उपचार गराइरहेका ऋषि कपुर भारत फर्किएलगतै नायिका दीपिका पादुकोणले एक नयाँ चलचित्रको घोषणा गरेकी थिइन् । जहाँ, उनी र नायक ऋषि कपुरले अभिनय गर्ने पक्का भएको थियो ।

तर, चलचित्र घोषणा गरेको केही समयपछि नै दीपिका र उनका सह–निर्माता ऋषिको विकल्प खोजिरहेका थिए । यसको मुख्यकारण, ऋषिको स्वास्थ्यमा देखिएको समस्या नै थियो ।

‘दि इन्टर्न’ नामक चलचित्र बनाउने तयारीमा दीपिका थिइन् । उनले, ट्विटरको माध्यमबाट ऋषिसँग काम गर्न लागेको जानकारी पनि गराएकी थिइन् ।

तर, अब ऋषि कपुर र दीपिकाको यो चलचित्रमा एकसाथ काम गर्ने योजना अधुरै रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment