Comments Add Comment

ग्यास सिलिन्डर पड्किँदा तीन जना घाइते   

फाइल तस्वीर

१८ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिका–३१ देउराली क्लब नजिकै ग्यास सिलिन्डर पड्किँदा तीनजना घाइते भएका छन् ।

स्थानीय सञ्जय कार्कीको ग्यास पसलमा सिलिन्डर पड्किएर भएको आगलागीमा परी सोही ठाउँ बस्ने उदयपुरका ४६ वर्षीय कविराज अधिकारीसहित तीनजना घाइते भएको प्रहरीले जनाएको छ । गएराति भएको उक्त घटनाका घाइतेको निजामती अस्पताल नयाँ बानेश्वरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अन्य दुई घाइतेको पहिचान खुलेको छैन ।

महानगरीय प्रहरी वृत्त बानेश्वरका अनुसार सिलिन्डर पड्किँदा पसल नजिकै रहेको बा७१प ७४१ नम्बरको स्कुटर जलेर नष्ट भएको भएको छ ।

यसैबीच राति नै काठमाडौँ महानगरपालिका–६ सिमलटारमा रोकिराखेको बा८८प४५ नम्बरको मोटरसाइकलमा आगलागी हुँदा क्षति पुगेको छ । स्थानीयवासीले समयमै आगो निभाएकाले ठूलो क्षति हुन नपाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment