+
+

ऋषिको अन्तिम संकारमा आइपुगिनन् छोरी रिद्दिमा

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १८ गते १७:०६

बलिउड नायक ऋषि कपुरको मुम्बइको चन्दनवाडीमा अन्तिम संकार गरिएको छ । उनको ४ बजे अन्तिम संकार गरिएको हो ।

अन्तिम संकार अगाडि उनको पार्थिव शरीरलाई एम्बुलेन्समा राखेर अस्पतालबाट चन्दनवाडी पुर्‍याइएको थियो । उनको अन्तिम संकारमा २४ जनामात्र उपस्थित थिए ।

उनकी श्रीमती नीतु कपुर, छोरा रणवीर कपुरको साथमा नायक सैफअली खान, नायिका करिना कपुर, नायक अभिषेक बच्चन लगायत अन्तिम संकारमा उपस्थित थिए ।

उनको अन्तिम संकारमा छोरी रिद्दिमा भने उपस्थित हुन सकिनन् । उनी, दिल्लीबाट मुम्बई उनको कारमा आउनेछिन् ।

ऋषिको विद्युतीय शवदाह गृहमा अन्तिम संकार गरिएको हो । उनको आज बिहान उपचारका क्रममा निधन भएको थियो । ऋषिको ६७ वर्षको उमेरमा निधन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?