Comments Add Comment

वाइवाइ चाउचाउको उत्पादन रोकियो

१९ वैशाख, काठमाडौं । उत्पादन सुरुवातको ३६ वर्षमा पहिलोपटक वाइवाइ चाउचाउको उत्पादन रोकिएको छ । चैत्र ११ गतेदेखि बन्द भएको उत्पादनका कारण बजारमा अहिले वाइवाइ चाउचाउ पाइन छाडेको छ ।

कतिपय पसलहरुमा वाइवाइ चाउचाउ अभाव भएको मौका छोपेर महंगोमा विक्री हुन थालेको छ ।  २० रुपैयाँमा किनिरहेको चाउचाउ २५ रुपैयाँभन्दा बढी तिरेर किन्नुपरेको गुनासो उपभोक्ताहरुले गरेका छन् । खुद्रा विक्रेताहरुले अभावको मौका स्टकमा रहेका चाउचाउमा कालोबजारी गरेपनि सरकारी नियकायहरुले चासो दिएका छैनन् ।

लकडाउनका कारण उत्पादन रोक्नु परेको चौधरी समूहका कम्युनिकेसन महाप्रबन्धक मधुसूदन पौडेलले बताए । ‘अन्य कुनै कारण छैन, लकडाउनले उत्पादन रोकिएको हो, अब बिस्तारै उत्पादन थाल्दैछौं,’ उनले भने ।

सरकारले खाद्य उद्योगहरुको उत्पादन नरोक्न र असहज अवस्था भए सहयोग माग्न आग्रह गर्दै आएको छ ।

लकडाउन सुरु भएसँगै चैत्र ११ गतेदेखि उत्पादन रोकिएको पौडेलले बताए । वाइवाइको उत्पादन इतिहासमा पहिलो पटक उत्पादन रोकिएको पौडेलको भनाइ छ । उत्पादन बन्दले चौधरी समूहलाई ठूलो आर्थिक हानी भएको उनले बताए ।

‘हामीलाई ठूलो हानी भएको छ, यस्तै राजस्वको हिसाबले पनि राज्यलाई ठूलो हानी भएको छ तर क्षतिको आँकलन भने भइसकेको छैन,’ महाप्रबन्धक पौडेलले भने ।

वाइवाइ नामका चार प्रकारका चाउचाउ १४ स्वादमा उत्पादन हुन्छ । तर उत्पादन बन्द भएसँगै बजारमा वाइवाइ चाउचाउ बजारमा पाइन छाडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment