Comments Add Comment

अछाममा मृत्यु भएकी महिलामा कोरोना संक्रमण नभएको पुष्टि

१९ वैशाख, डोटी । अछाम जिल्ला अस्पतालको आइसोलेसन कक्षमा मृत्यु भएकी महिलामा कोरोना भाइरस (कोभिड १९) संक्रमण नभएको पाइएको छ ।

अछाम जिल्ला, मंगलसेन नगरपालिका—५ घर भएकी ५१ बर्षीया महिलाको बिहीबार मृत्यु भएको थियो । उनको सुर्खेतको प्रयोगशालामा गरिएको कोरोना संक्रमणको परीक्षणको नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झंनक ढुंगानाले बताए ।

उनले भने ‘हामीलाई प्राप्त रिपोर्ट अनुसार उहाँमा कोरोनाको संक्रमण छैन ।’

ज्वरो आउने, खोकी लाग्ने लक्षण देखिएपछि उनलाई वैशाख १५ गते जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको थियो । उनको बिहीबार मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment