Comments Add Comment

कोरोना निको भएर घर गएका अर्का व्यक्ति पनि अस्पताल भर्ना

२१ वैशाख, वीरगञ्ज । कोरोना भाइरसको संक्रमणपछि निको भएर घर गएका दोस्रो व्यक्ति पनि अस्पताल भर्ना भएका छन् ।

रौतहटका युवकसँगै वीरगञ्जमा रहेका एक भारतीय जमाती पनि नारायणी अस्पताल भर्ना भएका हुन् । स्वास्थ्यमा समस्या आएपछि दुवै पुनः अस्पताल भर्ना गरिएको अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा मदन उपाध्यायले जानकारी दिए ।

शरीर दुख्ने, आलस्य हुने जस्ता समस्या देखिएपछि अस्पताल आएका दुवैलाई आइसोलेसनमा राखेर उपचार थालिएको छ । साथै थ्रोट स्वाब संकलन गरी कोरोना परीक्षण गर्न पठाइने अस्पतालले जनाएको छ ।

दुवैलाई अस्पतालले आइतबार डिस्चार्ज गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment