Comments Add Comment

कोरोनाबाट कहाँ कति संक्रमित ?

२२ वैशाख, काठमाडौं । विश्वव्यापी महामारीको रूप लिएको कोरोनाबाट प्रदेश १ सबैभन्दा बढी प्रभावित बनेको छ । देशका ६ वटै प्रदेशमा कोरोना पुष्टि भए पनि कर्णाली प्रदेशमा भने अहिलेसम्म भेटिएकाे छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, प्रदेश १ मा ३१, प्रदेश २ मा १३, वागमतीमा ७ र गण्डकी प्रदेशमा २ जना संक्रमित भेटिएका छन् । प्रदेश ५ का १७ र सुदूरपश्चिम प्रदेशका ५ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेशमा भने अहिलेसम्म कोरोना संक्रमण देखिएको छैन ।

संक्रमितमध्ये १६ जना भने स्वास्थ्यलाभ गरेर घर फर्किएका छन् । संक्रमितमध्ये रूपन्देहीमा १, नेपालगञ्जमा १६, धनगढीमा १, भरतपुरमा १, वीरगञ्जमा ९ र विराटनगरमा ३१ जना उपचाररत छन् । यी सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

देशभर एक सय ६ जना शंकास्पद बिरामी भेटिएका छन् । उपत्यकामा १ र उपत्यकाबाहिर १ सय ५ जना शंकास्पद बिरामी भेटिएका हुन्। उनीहरू आइसोलेसनमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

२१ हजार ५ सय २३ जना क्वारेन्टाइनमा रहेका छन् ।

१३ हजार ६ सय ४० जनाको पीसीआर विधिबाट नमुना परीक्षण भएको छ । आरडीटी विधिबाट ५० हजार ८ सय ४५ जनाको परीक्षण भएको प्रवक्ता देवकोटाले बताए ।

पछिल्लो २४ घण्टामा १ हजार ३ सय ८२ जनाको परीक्षण भएको छ । प्रदेश नम्बर १ मा ५ हजार ८ सय ३७, प्रदेश नम्बर २ मा ५ हजार ७ सय ३६ र वागमती प्रदेशमा ८ हजार ६ सय १० जनाको आरडीटी परीक्षण गरिएको हो ।

यस्तैगरी, गण्डकी प्रदेशमा ५ हजार ८ सय ८२, प्रदेश नम्बर ५ मा ४ हजार ८ सय ३१, कर्णाली प्रदेशमा ८ हजार १ सय १३ र सुदूरपश्चिम प्रदेशमा १४ हजार १ सय ३६ जनाको आरडीटी परीक्षण भएको प्रवक्ता देवकोटाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment