Comments Add Comment

बाबु र छोरा दुवैसँग अनस्क्रिन रोमान्स गर्ने बलिउड अभिनेत्रीहरू

फिल्मीवृत्तमा चलेको एउटा मान्यता छ, हिरोइनहरुको आयु (अवधि) छोटो हुन्छ । अर्थात् फिल्मी दुनियाँमा उनीहरूको चमक-दमक लामो समय कायम रहँदैन । बलिउडले यसको उदाहरण पनि पेश गर्छ । जस्तो, सलमान खान अहिले पनि उत्तिकै चल्तापूर्जा अभिनेतामा गनिन्छन् । जबकि करियरको पूर्वार्द्धमा उनीसँग अभिनय गरेका थुप्रै अभिनेत्री लाखापाखा लागिसके ।

आमिर खानको कुरा गरौं वा शाहरुख खानको, उनीहरूले करियर सुरुवातमा जे-जति अभिनेत्रीसँग काम गरे ती अभिनेत्रीहरू अहिले दृश्यपटलबाट ओझेल भइसकेका छन् ।

तर, बलिउडमै यस्त अभिनेत्रीहरू पनि छन् जसले लामो समय पर्दामा आफ्नो पकड कायम राखे। कतिसम्म भने जुन अभिनेतासँग उनीहरूले अनस्क्रिन रोमान्स गरेका थिए, उनकै छोरा पुस्तासँग पनि रोमान्स गर्न भ्याए ।

माधुरी दीक्षित

माधुरी दीक्षित ९० को दशककी यस्ती अभिनेत्री हुन्, जसले जस्तोसुकै चरित्रमा पनि आफूलाई अब्बल साबित गरिन् । आफ्नो फिल्मी यात्रामा माधुरीले खन्ना खानदानका बाबु-छोरासँग काम गरिन् । उनले ‘दयावान’मा विनोद खन्नासँग दिएको अन्तरंग दृश्य अझैपनि कतिले सम्झिरहेका होलान् ।

तिनै माधुरीले विनोद पुत्र अक्षय खन्नासँग फिल्म ‘मोहब्बत’मा रोमान्स गरिन् । त्यसैगरी उनले ‘प्रेम ग्रन्थ’मा ऋषि कपुरसँग स्क्रिन सेयर गरेकी थिइन् । पछि ‘ए जवानी है दिवानी’मा रणबीर कपुरसँग पनि उनले एक गीतमा कम्मर मकाइन् ।

श्रीदेवी

एकताका बलिउडमा श्रीदेवीको वर्चश्व रह्यो । उनले आफ्नो फिल्मी करियरमा देओल खानदानसँग रोमान्स गरिन्। १९८९ मा सार्वजनिक भएको फिल्म ‘नाकाबन्दी’ मा उनले धर्मेन्द्र देओलसँग काम गरेकी थिइन् । पछि ‘चालबाजा’मा धमेन्द्रका छोरासँग उनले रोमान्स गरिन् ।

अमृता सिंह

अमृता सिंह र सनी देओलबीच अफेयरको चर्चा त्यसबेला चल्यो । जब उनीहरू आफ्नो पहिलो फिल्म ‘बेताब’मा काम गरिरहेका थिए । यी फ्रेस जोडीलाई दर्शकले निकै रुचाए पनि । अमृताले उक्त फिल्म खेलेको ६ वर्षपछि ‘सच्चाई की ताकत’मा काम गरिन् । उक्त फिल्ममा उनी धर्मेन्द्रकी पत्नीको भूमिकामा थिइन् ।

त्यसो त डिम्पल कपाडियासँग पनि यी बाबु-छोराले रोमान्स गरेकी छिन् । डिम्पलले ‘मंजिल मंजिल’मा सनी देओलसँग काम गरेकी थिइन् । पछि ‘किस’ फिल्ममा धर्मेन्द्रसँग अभिनय गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment