+
+
Shares

सीमा नाका खुलेको भ्रममा नपर्नु होला : नेपाली दूतावास

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २२ गते १९:२४

२२ वैशाख, काठमाडौं । नयाँ दिल्लीस्थित नेपाली दूतावासले सीमा नाका खुलेको भ्रममा परेर नेपाल फर्कने प्रयास नगर्न आग्रह गरेको छ ।

दूतावासद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ, ‘सीमानाका बन्द रहेकाले कसैको भ्रामक सूचनाकोपछि लागि नेपाल जाने प्रयास नगर्नु हुन र आधिकारिक सूचनामा मात्रै विश्वास गर्न अनुरोध गर्दछौं ।’

जुनसुकै उद्धेश्यले भारतमा पुगेका नेपालीलाई यथास्थानमै सुरक्षित रहन पनि दूतावासले आग्रह गरेको छ ।

लकडाउनले गर्दा विभिन्न कामका लागि भारत पुगेका ठूलो संख्यामा नेपालीहरू अलपत्र अवस्थामा रहेको समाचार आइरहेका बेला दूतावासले यस्तो सूचना निकालेको हो ।

भारतमा १२ चैतबाट सुरु भएको लकडाउन ४ जेठ (१७ मे) सम्म कायम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?