२१ वैशाख, काठमाडौं । इंग्ल्याण्डको शीर्ष श्रेणीको फुटबल प्रिमियर लिगको यस सिजनका बाँकी खेलहरु अष्ट्रेलियामा गराउने प्रस्ताव गरिएको छ ।
कोरोना भाइरस अर्थात् कोभिड–१९ का कारण अहिले विश्वभरका फुटबल गतिविधि प्रभावित भइरहेका बेला यो नयाँ प्रस्ताव आएको छ ।
मार्च दोस्रो सातादेखि प्रिमियर लिग स्थगित छ । कोभिड–१९ कै कारण अनिश्चित बनेको लिग फेरि कहिले कसरी सुरु हुन्छ भनेर कसैले भन्न सकेका छैनन् ।
यसैबीच, प्रिमियर लिगका बाँकी खेलहरु अष्ट्रेलियाको पर्थमा गर्न प्रस्ताव गरिको हो । अष्ट्रेलियामा बसोबास गर्ने फटबल एजेन्ट ग्यारी विलियम्सले यसका लागि सरकारी अधिकारी र प्रिमियर लिग क्बलहरुसँग छलफल भइरहेको बताएका छन् । ‘प्रिमियर लिगका क्लबहरुसँग मैले छलफल गरेको थिएँ । र, उनीहरूले यो आइडिया मन पराएका छन्,’ उनले भने ।
प्रिमियर लिगको नयाँ योजना प्रोजेक्ट रिस्टार्टअन्तर्गत अबका खेलहरु न्युट्रल भेन्यूमा हुनसक्ने सम्भावना छ । यस्तै, लिगका बाँकी खेल देशबाहिर गर्न सकिने चर्चासमेत भएको छ ।
कोभिड–१९ को प्रभाव ग्रेट ब्रिटेनमा भन्दा अष्ट्रेलियामा तुलनात्मक रूपमा कम छ । अष्ट्रेलियामा अहिलेसम्म ९३ जनाको मृत्यु भएको छ भने ग्रेट ब्रेटनमा २८ हजारको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया 4