Comments Add Comment

प्रदेश १ मा ७ हजार बढीको कोरोना परीक्षण

२१ वैशाख, विराटनगर । प्रदेश १ मा ७ हजार २७२ जनाको कोरोना परीक्षण भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कका अनुसार आइतबारसम्म र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) र पीसीआर विधिमार्फत उक्त संख्यामा  कोभिड १९ को परीक्षण भएको हो ।

डेस्कका अनुसार आरडीटीबाट ५ हजार ७१६ जना र पीसीआरबाट १ हजार ५५६ जनाको परीक्षण भएको छ ।

प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या कुल २ हजार ६३ पुगेको छ भने आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ३८ जना छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment