Comments Add Comment

कोरोना संक्रमित ३५ लाख नाघे, दुई लाख ४७ हजारभन्दा बढीको मृत्यु

२२ वैशाख, काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुने मानिसको संख्या ३५ लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अहिलेसम्म कोरोना भाइरसका ३५ लाख छ हजार नौ सय २४ जना संक्रमित फेला परेका छन् । समग्र संक्रमितको एक चौथाइभन्दा बढी संक्रमित अमेरिकामा भेटिएका छन् ।

अमेरिकामा अहिलेसम्म ११ लाख ५८ हजारभन्दा बढी संक्रमित फेला परेका छन् । त्यस्तै, स्पेनमा अहिलेसम्म दुई लाख १७ हजार र इटालीमा दुई लाख १० हजारभन्दा बढी संक्रमित फेला परिसकेका छन् ।

चीनको वुहानबाट निस्किएको कोरोना भाइरसको कारण विश्वभर मृत्यु हुनेको संख्या पनि दुई लाख ४७ हजार नाघेको छ । अहिलेसम्म दुई लाख ४७ हजार चार सय ७३ जनाको मृत्यु भइसकेको छ ।

अमेरिकामा अहिलेसम्म ६७ हजारभन्दा बढी मानिसको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ भने इटाली र बेलायतमा पनि अहिलेसम्म २८ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । स्पेनमा पनि २५ हजारभन्दा धेरै मानिसको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।

अहिलेसम्म विश्वभर ११ लाख २५ हजारभन्दा धेरै संक्रमित निको भएर घर फर्किसकेका छन् । अमेरिकामा एक लाख ८० हजार मानिस निको भएर घर फर्किएका छन् भने जर्मनीमा एक लाख ३० हजार संक्रमित निको भएका छन् । स्पेनमा एक लाख १८ हजार मानिस निको भएर घर फर्किएका छन् । इटालीमा ८१ हजारभन्दा धेरै निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment