Comments Add Comment

कारको डिक्कीमा राखेर गर्लफ्रेन्ड तस्करीको प्रयास

कोरोना भाइरसपछि लागेको लकडाउन छल्न आफ्नी गर्लफ्रेन्डलाई कारको डिक्कीमा लुकाएर एक प्रान्तबाट अर्को प्रान्तमा ओसार्दै गर्दा दक्षिण अफ्रिकामा एकजना युवक पुलिसको फन्दामा परेका छन् ।

साथै कारको डिक्कीमा लुकेर तस्करीमा पर्न राजी हुने ती युवतीलाई समेत प्रहरीले पक्राउ गरेको बताइएको छ ।

समाचार अनुसार, ती युवकले आफ्नी प्रेमिकालाई कारको डिक्कीमा लुकाएर गाउटेंग प्रान्तबाट पुमालांगा प्रान्त लैजाँदै गरेका थिए । गाउटेंग प्रान्त दक्षिण अफ्रिकाको सबैभन्दा ठूलो सहर जोहानेसबर्ग समेत पर्दछ । सो प्रान्त दक्षिण अफ्रिकामा सबैभन्दा धेरै कोरोना संक्रमित भएको प्रान्त हो ।

सडकमा रहेको ढाटमा रोकिएको कारभित्र चेकजाँच हुँदा डिक्कीमा लुकाएर लैजाँदै गरेकी युवती फेला परेकी थिइन् । दक्षिण अफ्रिकी सञ्चार माध्यमहरुमा प्रकाशित भएको भिडियो अनुसार प्रहरीले कारको डिक्कीमा लुकेकी एक महिलालाई निकाल्दै गरेको देखिएको थियो । ती महिलाले जिन्स तथा टिसर्ट लगाएकी थिइन् ।

डिक्कीमा महिलालाई देखेसँगै पुलिसले आर यू ओके ? भनेर सोधेको सुनिन्छ ।

त्यसपछि ती महिला हातमा ब्याग बोकेर डिक्कीबाट बाहिर निस्किन्छन् र जुत्ता लगाउँथिन् ।

कोरोना भाइरस महामारी रोक्नका लागि मार्च २७ देखि दक्षिण अफ्रिकामा लकडाउन जारी छ । जसमा मानिसहरु खानेकुरा, औषधि तथा अन्य अत्यावश्यक किन्ने कामबाहेकका लागि बाहिर निस्किन प्रतिबन्ध लगाइएको छ ।
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment