Comments Add Comment

प्रभु साह भन्छन्– महाधिवेशनसम्म नेकपामा बहुमत-अल्पमत चल्दैन

फाइल तस्वीर

२३ वैशाख, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रदेश २ अध्यक्ष प्रभु साहले पार्टी एकता जोगाउन दुई अध्यक्षको सहमतिका आधारमा चल्नुपर्ने भन्दै बहुमत र अल्पमतको अभ्यास अहिले हुन नसक्ने बताएका छन् ।

स्थायी कमिटी बैठको पूर्वसन्ध्यामा प्रचण्ड निकट नेता साहले अल्पमत बहुमतको हिसाबले पार्टी सञ्चालन गरे पार्टी फुट्ने बताएका हुन् ।

यो पनि पढ्नुहोस प्रधानमन्त्रीको आत्मालोचना बतासे अण्डा : जगन्नाथ खतिवडा

मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टीका स्थायी कमिटी सदस्यहरूको ध्यानाकर्षण गर्दै नेता साहले संक्रमणकालीन अवस्थामा रहेकोले अन्तरिम विधानबमोजिम सहमतिमै पार्टी सञ्चालन गर्नुपर्ने स्पष्ट पारेका हुन् ।

साहले भनेका छन्– नेकपा एमाले र नेकपा (माओवादी ) मिलेर बनेको नेकपाको संगठन सञ्चालनको विधि पद्दतिबारे गम्भीर जिज्ञासा र प्रश्न उठ्ने गरेको छ । अहिले पार्टी संक्रमणकालमा रहेकाले यस्तो अवस्थामा संगठन सञ्चालन सामान्य र परम्परागत विधिबाट सम्भव हुँदैन, त्यसका लागि विशिष्ट चरित्र अनुरुपको विधि र पद्दति अवलम्बन गर्नैपर्छ ।

उनले अहिले विवादको चुरो यहीँनिर रहेको भन्दै नेकपा एउटा पार्टी भए पनि नेतृत्व, विचार र संगठनमा अलग अलग अस्तित्व कायम रहेको र त्यसको व्यवस्थापन अन्तरिम विधानले महाधिवेशनसम्म गर्ने भनेकाले तत्काल पार्टी सञ्चालन दुई पक्षको सहमतिमा चल्ने विधिलाई नै मान्नुपर्ने बताएका छन् ।

नेता साहले भनेका छन्– पार्टीभित्रकै केही नेताहरुले मूल नेतृत्वलाई प्रभावमा पारेर आन्तरिक विवाद निवारणका लागि गलत ढंगले पार्टीको विभिन्न कमिटी लगायत संसदीय दलमा समेत अल्पमत र बहुमतको परम्परागत अंकगणितीय विधिबाट निर्णय लिन उत्प्रेरित गरिरहेको छ, जो आम जनभावना तथा पार्टी एकताको मूल मर्म र भावना विपरीत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment