Comments Add Comment

मौसम सफा हुन एक साता लाग्छ : मौसमविद्

अप्रिलमा यसपटक सरदरभन्दा धेरै वर्षा

२३ वैशाख, काठमाडौं । पछिल्लो केही दिनयता नेपालमा स्थिर रहेको मौसमी प्रणाली अझै केही दिन सक्रिय हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै नेपालको पूर्वी भूभाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव देखिएको छ । वर्षा र बदलीमा बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुले पनि भूमिका खेलेको मौसमविद् शान्ति कँडेल बताउँछिन् । कँडेलका अनुसार, तत्काल यी मौसमी प्रणाली हट्ने सम्भावना नरहेकाले एक साता यही अवस्था रहन्छ ।

‘केही दिनदेखि जारी बदली र वर्षा अझै केही दिन यथावत् रहने सम्भावना छ,’ मौसमविद् कँडेलले भनिन् ।

अंग्रेजी महिना मार्च, अप्रिल र मेलाई प्री–मनसुनको समय मानिन्छ । मौसमविदका अनुसार, यो अवधिमा दिनमा घाम लाग्ने र अपराह्न तथा साँझापख मेघगर्जनसहित श्रणिक वर्षा हुने गर्छ ।

महाशाखाका अनुसार, अप्रिलमा काठमाडौं उपत्यकामा यस वर्ष औसतभन्दा धेरै वर्षा भएको छ । अप्रिलमा सरदर ६१ मिलिमिटर वर्षा हुनुपर्नेमा ९२ मिलिमिटर वर्षा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment