Comments Add Comment

स्तनपान गराउने महिलालाई क्यान्सरको जोखिम कम

नवजात शिशुको लागि सम्पूर्ण खुराक हो, आमाको दुध । जतिबेलासम्म शिशु अन्य खानेकुरा खान योग्य भइसकेका हुँदैनन्, त्यसबेलासम्म पर्याप्त मात्रामा आमाले दुध सेवन गराउनुपर्छ । आमाको दुधलाई ‘अमृतसमान’ भनिएको छ । शिशुको भोक मेट्न मात्र होइन, शारीरिक एवं मानसिक विकासका लागि आमाको दुध नै सम्पूर्ण पोषणको स्रोत हो ।

तर, पछिल्लो समय कतिपय स्तनपान गराउन त्यती जाँगर चलाउँदैनन् । जबकी स्तनपानले शिशुको स्वास्थ्य मात्र राम्रो हुने होइन, आमाको स्वास्थ्य–रक्षा पनि गर्छ । खासगरी महिलामा हुने स्तन क्यान्सरको संभावित जोखिमलाई कम गर्छ ।

महिलाहरुलाई सताउने एउटा प्रमूख समस्या हो, स्तन क्यान्सर । हाम्रो मुलुकमा पनि यो समस्या निकै बढेको छ । पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर महिलामा हुने प्रमुख समस्याको रुपमा लिइन्छ । जबकी शिशुलाई स्तनपान गराउने महिलमा स्तन क्यान्सरको जोखिम कम हुने बताइन्छ ।

स्तनपान गराउने क्रममा स्तनबाट धेरै कोशिकाहरु नष्ट हुने गर्छन्, जसमा क्यान्सरसंग सम्बन्धि कोशिकाहरु पनि नष्ट हुन्छन् । स्तनपान गराउनाले स्तनमा जिनहरु सक्रिय हुन्छन्, जसले क्यान्सरको सम्भावित खतराबाट बचाउँछ ।

अनुसान्धानकर्ताको भनाई

अनुसन्धानकर्ताका अनुसार जुन महिलाले ६ महिनासम्म स्तनपान गराउँछन्, ती महिलाको तुलनामा स्तनपान नगराउने महिलालाई क्यान्सर हुने सम्भावना २ प्रतिशत बढि हुन्छ । आर्काइभ अफ इन्टर्नल मेडिसिन २००९ मा प्रकाशित एउटा अनुन्धान रिर्पोटका अनुसार त्यस्ता महिलाहरु, जसको परिवारमा स्तन क्यान्सरको इतिहास छ, तिनीहरुलाई स्तनपान गराउनाले महिनावारी रोकिनुभन्दा अघि स्तन क्यान्सर हुने खतरा ६० प्रतिशतले कम हुने गर्दछ । जर्नल अफ द नेशनल क्यान्सर इन्स्टिच्यूट २०१४ मा पनि स्तनपान तथा क्यान्सरका बीचको सम्बन्धका बारेमा चर्चा गरिएको थियो ।

मा एनल्स अफ एंकोलोजीमा प्रकाशित करिव ३७ हजार स्तन क्यान्सरको एक एकत्रित अध्ययनमा के पाइएको थियो भने जो महिलाहरु स्तनपान गराउँछन्, तिनीहरुमा स्तन क्यान्सरको हार्मोन रिसेप्टर नेगेटिभ हुन्छ र उनीहरुमा यो क्यान्सर विकसित हुने खतरा पनि २० प्रतिशतसम्मले कम हुन्छ ।

तनपान गराउनेक्रममा यी कुरामा ध्यान दिनुपर्छ

–के तपाईं आरामदायक स्थितीमा हुनुहुन्छ ? आमालाई सजिलो हुन धेरै जरुरी छ । जरुरी भएमा तकिया वा कुसनको प्रयोग गर्न सकिन्छ । आमाको हात र काँध आरामको मुद्रामा हुनुपर्छ ।

–के तपाईंको बच्चाको टाउको र शरीर सिधा छ ?

–बच्चाको गर्धन, काँध र पिठ्युँलाई आफ्नो हातले सहारा दिनुपर्छ ।

–स्तनपान गराउनको लागि बच्चातर्फ झुक्नुहुँदैन ।

–सबैभन्दा पहिले निप्पललाई बच्चाको नाकसँगै राख्नुहोस् र बच्चालाई आफ्नो मुख खोल्ने कोसिस आँफै गर्न दिनुपर्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार

–बच्चाको जन्मको सुरुवाती छ महिनासम्म बच्चाको लागि स्तनपान धेरै आवश्यक हुन्छ ।

–स्तनपानले बच्चालाई सुरुवाती संक्रमण र रोगहरुबाट बचाउँछ ।

–यो बच्चाको लागि मात्रै नभई आमाको लागि पनि फाइदाजनक छ ।

–बच्चाहरुलाई लामो समससम्म यसको फाइदा मिल्छ ।

–बजारमा पाइने फर्मुला मिल्कमा ती एन्टीबायोटिकस हुँदैनन् जुन आमाको दूधमा हुन्छ ।

–एचआईभीबाट पिडित आमाले स्तनपान गराउनाले बच्चालाई एचआईभी हुन सक्छ तर यो खतरालाई औषधिको प्रयोगले रोक्न सकिन्छ ।

कति छिटोछिटो बच्चालाई स्तनपान गराउन ठिक छ ?

पहिलो सप्ताहमा बच्चालाई धेरै छिटोछिटो दूधको आवश्यकता हुन्छ । बच्चालाई लगभग हरेक घन्टा वा दुई घन्टामा आमाको दूध चाहिन्छ ।

यस्तोमा जब पनि बच्चालाई भोक लाग्छ भने उसलाई दूध पिलाउनुहोस् तर यो कुराको ध्यान राख्नुपनि जरुरी छ कि बच्चालाई आवश्यकता भन्दा धेरै दूध नपिलाइयोस् ।

बच्चा भोको छ भन्ने कसरी थाहा पाउने ?

–बच्चा बेचैन देखिन्छ

–बच्चा आफ्नो औंला मुखमा राख्न थाल्छन्

–मुखबाट केही आवाज निकाल्न थाल्छन्

बच्चाको लागि आमाको दूध किन उपयोगी छ ?

बच्चाको लागि आमाको दूधले पेट भने काम मात्रै गर्देन बरु यो बच्चाको स्वास्थ्यको लागि पनि आवश्यक छ ।

आमरुपमा बच्चालाई छ महिनासम्म स्तनपान गराउने सल्लाह दिइन्छ तर पछि पनि जबसम्म बच्चाले स्तनपान गर्छन् त्यसले फाइदा नै गर्छ ।

आमाको दूधले बच्चालाई यी खतराबाट बचाउँछ

–विभिन्न किसिमका संक्रमणबाट

–डायरिया र उल्टीबाट

–सडन इफेक्ट डेथ सिन्ड्रोम

–ल्युकेमिया

–मोटोपना

–मुटुसँग जोडिएका रोगबाट

स्तनपान गराउनु बच्चाको लागि मात्रै फाइदाकारी छैन । यसको फाइदा आमालाई पनि प्राप्त हुन्छ । स्तनपान गराउनाले आमाको लागि स्वास्थ्यसँग जोडिएका खतरा कम हुन्छन् ।

–स्तनक्यान्सर हुने खतरा

–ओभेरियन क्यान्सर हुने खतरा

–अस्टियोपोरोसिस हुने खतरा

–मुटुरोगको खतरा

–मोटोपना

यस्ता विभिन्न फाइदाको बाबजुद स्तनपानलाई लिएर धेरै भ्रम पनि छन् । पहिलो भ्रम त यो छ कि स्तनपान गराउनाले स्तन सिथिल हुन्छ तर, यस्तो हुँदैन ।

गर्भावस्थाको कारणले ती लिगामेन्ट तन्किन्छन् जसले स्तनलाई सपोर्ट गर्छ । तर, यसको शिथिलतासँग स्तनपानको कुनै सम्बन्ध हुँदैन । दोस्रो भ्रम फर्मुला मिल्क पनि आमाको दूध जति नै फाइदाकारी हुन्छ तर, डाक्टरहरु मान्छन् कि यो सत्य होइन । यसैगरी अन्य विभिन्न भ्रम पनि छन् तर, सत्य के हो भने स्तनपान गराउनु सुरक्षित र स्वास्थ्यदायक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment