+
+

मलेठ घटनामा मारिएकाका परिवारलाई राहत

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २४ गते १६:५१

२४ वैशाख, सप्तरी । मलेठ घटनामा मारिएकाका परिवारलाई बुधबार राहत वितरण गरिएको छ । जनता समाजवादी पार्टीका नेता गजेन्द्रकुमार मण्डलले उनीहरुलाई राहत वितरण गरेका हुन् ।

मलेठ घटनामा मारिएका पीताम्बर मण्डल, स‌जन मेहता र वीरेन्द्र मेहताको परिवारलाई राहत उपलब्ध गराइएको हो ।

प्रति परिवारलाई २० किलो चामल, पाँच किलो दाल, दुई लिटर खाने तेल, दुई किलो नुन, एक किलो सोयाविन, साबुन र मास्क वितरण गरिएको उनले बताए ।

उनीहरुलाई राजविराज वडा नम्बर ९ मलेठका अध्यक्ष शम्भुप्रसाद यादवले तरकारी खरिद गर्न भन्दै रु. ५ सय नगद समेत उपलब्ध गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?