Comments Add Comment

विष्फोटक पदार्थ पड्किएर बालक घाइते

२४ वैशाख, कञ्चनपुर । खेल्ने क्रममा विष्फोटक पदार्थ पड्किएर कञ्चनपुरको महाकाली नगरपालिका–६, शान्तिटोलका ९ वर्षीय बालक महेन्द्र नेपाली घाइते भएका छन् ।

महाकाली नदी किनाराको पटेराघारीमा भेटिएको वस्तु खेलाउने क्रममा विस्फोट भएको हो । घाइते बालकको हत्केलामा चोट लागेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले बताए ।

बालकको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ । विष्फोट भएको वस्तु पटाका बनाउन प्रयोग हुने लोएक्सप्लोसिभ पदार्थ रहेको उल्लेख गर्दै उपरीक्षक पौडेलले घातक विष्फोटक पदार्थ नभएको बताए । ‘विष्फोटक पदार्थ कहाँबाट आयो भन्नेबारे अनुसन्धान भइरहेको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment