Comments Add Comment

संक्रमित परिवारको सम्पर्कमा आएका १३१ जनाको पहिचान

२५ वैशाख, वीरगञ्ज । वीरगञ्जमा एउटै परिवारको १८ जनामा संक्रमण देखिएपछि लकडाउन कडा पारेर प्रत्यक्ष सम्पर्कमा आएकाहरुको खोजी तीव्र पारिएको छ ।

पहिलो चरणमा संक्रमित परिवारका छरछिमेक र प्रत्यक्ष सम्पर्कमा आएकाहरुको पीसीआर परीक्षण गर्ने तयारीे छ । कन्ट्याक्ट ट्रेसिङका क्रममा १३१ जनाको परीक्षण गर्नुपर्ने देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तले पहिलो चरणको कन्ट्याक्ट ट्रेसिङका क्रममा संक्रमितको प्रत्यक्ष सम्पर्कमा रहेका छिमेकीको पहिचान गरिएको जानकारी दिइन् । ‘एकै परिवारमा १८ जना संक्रमित छन् । आइतबार भेटिएका पहिलो संक्रमितलाई स्रोत मानेर हामीले कन्ट्याक्ट ट्रेसिङ गरिरेहेका छौं । तर उनमा कहाँबाट संक्रमण आयो खुलेको छैन’ उनले भनिन् ।

उनीहरुको थ्रोट स्वाब संकलन शुरु भएको छ । स्वास्थ्यकर्मीले बिहिबार छपकैयाँ गाउँका ८९ जनाको थ्रोट स्वाबको नमुना संकलन गरेका छन् । साँझ रोजा खोल्ने समय भएकाले थ्रोट स्वाब संकलन कार्यलाई स्थगित गरिएको थियो ।

शुक्रबार बाँकीको थ्रोट स्वाबको नमुना संकलन गर्ने तयारी गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment