Comments Add Comment

२३ वर्षमा प्रवेश गरिन् सुहाना

निर्देशक झरना थापा र निर्माता सुनिल कुमार थापाकी छोरी हुन्, नायिका सुहाना थापा । ‘गुडिया रानी’ सुहानाको आज जन्मदिन हो । आजबाट २३ वर्षमा प्रवेश गरेकी सुहानालाई जन्मदिनको अवसरमा धेरै चलचित्रकर्मी तथा उनका शुभचिन्तकहरूले शुभकामना दिइरहेका छन् ।

नायिका सुहाना चलचित्र ‘ए मेरो हजुर-३’बाट चलचित्र क्षेत्रमा भित्रिएकी हुन् । उनले एउटा मात्र चलचित्रमा अभिनय गरेपनि करिअरको छोटो समयमा नै गज्जबको क्रेज बनाएकी छिन् ।

उनी हाल दोश्रो चलचित्र ‘ए मेरो हजुर-४’मा काम गर्दैछिन् । यो चलचित्रमा उनको जोडीको रुपमा नायक अनमोल केसीले काम गरिरहेका छन् । सुहाना ‘कृष्ण भगवान’की भक्त हुन् । शाकाहारी नायिका थापा अमेरिकामा अध्ययन गरेर फर्किएकी हुन्।

निर्देशक झरना थापा छोरी सुहानालाई नायिका बनाउन चाहन्थिन् । तर, यति चाँडै छोरीलाई चलचित्र क्षेत्रमा भित्र्याउने उनको योजना भने थिएन ।

मिडिया र दर्शकले समेत सुहाना नायिकाका लागि फिट भएको सुझाव दिइरहेको समयमा चलचित्र ‘ए मेरो हजुर-३’मा नायक अनमोल केसीलाई साइन गरे लगत्तै उनले छोरीलाई चलचित्रको लागि तयार रहन भनेकी थिइन् ।

पहिलो चलचित्रमा उनले गरेको कामको खुबै तारिफ भयो ।  उनले, गतवर्ष चलचित्र ‘ए मेरो हजुर-३’बाट ‘कामना फिल्म अवार्ड र डी सिने अवार्ड’मा ‘उत्कृष्ट नव-नायिका’को अवार्ड पनि जितेकी थिइन् ।

सुहानालाई जन्मदिनको धेरै धेरै शुभकामना।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment