Comments Add Comment

राकुल भन्छिन्–‘परिवारको समझदारीले विकिनी लगाउँदा अप्ठ्यारो भएन’

दक्षिण भारतीय चलचित्रमा जमिसकेकी नायिका राकुल प्रित बलिउडमा पनि जम्ने क्रममा छिन् । राकुलको सुन्दरता र अभिनयलाई रुचाउनेहरूको संख्या धेरै छ । चलचित्रको पर्दामा सफ्ट गेटअपदेखि हट गेटअपमा उनी रुचाइएकी छिन् ।

राकुल सानैदेखि खेलकुदमा बढी रुचि राख्थिन् । तर, खेलकुदमै अगाडि बढिरहेको समयमा उनी मोडलिङमा प्रवेश गरिन् । यसमा, उनको परिवारको ठूलो सहयोग छ ।

राकुल भन्छिन्–‘मेरी आमाको प्रेरणाको कारण म मिस इन्डियाका लागि पनि तयार भइसकेकी थिएँ । तर, पछि चलचित्रमा लागें।’

राकुलले अगाडि भनिन्–‘चलचित्रको पर्दामा मैले विकिनी लगाउने विषयमा मभन्दा मेरो आमा-बुबा बढी सहज हुनुहुन्छ । मेरो करिअर यो उचाइमा पुग्नुमा मेरो परिवारको साथ नै मुख्य कुरा हो ।’

राकुलका अनुसार, सपिङ जाँदा उनको आमा-बुबा नै उनका लागि विकिनी रोज्छन् । राकुल, एउटा कलाकारलाई खुलेर अभिनय गर्नका लागि परिवारको साथ ठूलो कुरा हुने बताउँछिन् ।

राकुल नायक जोन अब्राहिमसँग चलचित्र ‘एट्याक’मा देखिँदैछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment