Comments Add Comment

रियल मड्रिडले दुई महिनापछि शुरु गर्याे ट्रेनिङ

३० बैशाख काठमाडौं । स्पानिस क्लब रियल मड्रिडले दुई महिनापछि फुटबल ट्रेनिङ शुरु गरेको छ । कोरोनाभाइरस संक्रमण रोक्न लकडाउन भएको दुई महिनापछि रियलका खेलाडीले सोमबारदेखि ट्रेनिङ थालेका हुन् ।

भाल्डेबेबासमा खेलाडीहरुलाई व्यक्तिगत रुपमा प्रशिक्षण गर्नका लागि छुट गरिएको हो ।

खेलाडीलाई विभिन्न सिफ्टमा गरेर दुई समूहमा विभाजन गरिएको छ । जहाँ हरेक समूहले एक अर्कासँग दूरी कायम गरी बलसहित र बलबिना प्रशिक्षण गर्नेछन् ।

पहिलो सातामा फिटनेस कोच ग्रेगोरी डुपोन्टले व्यक्तिगत रुपमा सेसन लिनेछन् ।

कोच जिनेदिन जिदान पनि ट्रेनिङ सेसनमा उत्साहित थिए तर उनले सुरक्षित स्थानमा बसेर मात्र खेलाडीलाई निर्देशन दिएका थिए ।

यसअघि नै ला लिगाको अर्काे क्लब बार्सिलोनाले ट्रेनिङ शुरु गरिसकेको छ ।

ला लिगा जुन महिनामा फेरि शुरु गर्ने तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment