Comments Add Comment

प्यूठानमा ११ जनामा कोरोना एन्टिबडी पोजेटिभ

३० वैशाख, प्यूठान । जिल्लाको प्यूठान नगरपालिका– ९ र १० मरन्ठानाको क्वारेन्टाइनमा रहेकामध्ये ११ जनाको आरडीटी विधिबाट कोरोना परीक्षण गरिएकोमा एन्टिबडी पोजेटिभ देखिएको छ ।

क्वारेन्टाइनमा रहेकामध्ये ११ को एन्टिबडी पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

क्वारेन्टाइनमा रहेको १५ दिन पुगेपछि घर फर्काउने तयारीमा रहेकाको परीक्षण गर्दा एन्टिबडी पोजेटिभ देखिएको हो । उनीहरु २० देखि ३८ वर्षीय आठ पुरुष र तीन महिला रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख विशाल सुवेदीले जानकारी दिए ।

कोरोना एन्टिबडी पोजेटिभ देखिएपछि उनीहरुसंँगै रहेका २८ जनाको पीसीआर प्रविधिबाट कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । संकलित नमुना प्रदेश जनस्वास्थ्य प्रयोगशाला, भैरहवा पठाउने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment