Comments Add Comment

कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३ लाख नाघ्यो

२ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ३ लाख २ हजार पुगेको छ । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ४४ लाख ४० हजार ९ सय ८९ जना रहेका छन् ।

१५ लाख ८७ हजार ७ सय ८० जना उपचारपछि निको भएका छन् ।

कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित देश अमेरिकामा हालसम्म १४ लाख १७ हजार ३ सय ५० जनामा संक्रमण भएको छ । त्यस्तै ८५ हजार ८ सय ८६ जनाको मृत्यु भएको छ । अमेरिकामा २ लाख ४६ हजार ४ सय ४१ जना निको भएका छन् ।

त्यस्तै रसियामा २ लाख ५२ हजार २ सय ४५ जना संक्रमित भएका छन् भने २ हजार ३ सय ५ जनाको मृत्यु भएको छ ।

बेलायतमा २ लाख ३४ हजार ४ सय ४० जना संक्रमित भएका छन् र ३३ हजार ६ सय ९३ जनाको मृत्यु भएको छ ।

स्पेनमा संक्रमित संख्या २ लाख २९ हजार ५ सय ४० र मृतक संख्या २७ हजार ३ सय २१ पुगेको छ । १ लाख ४३ हजार ३ सय ७४ जना निको भएका छन् ।

इटलीमा २ लाख २३ हजार ९६ जनामा संक्रमित भएका छन् भने ३१ हजार ३ सय ६८ जनाको मृत्यु भएको छ । १ लाख १५ हजार २ सय ८८ जना निको भएका छन् ।

ब्राजिलमा २ लाख २ हजार ९ सय १८ जना संक्रमित भएका छन् र १३ हजार ९ सय ९८ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment