Comments Add Comment

निश्चल–स्वस्तिमाको प्रेम

नायिका स्वस्तिमा खड्का र निर्देशक निश्चल बस्नेत लक डाउनका कारण घरमै छिन् । लक डाउनको समयमा स्वस्तिमा सामाजिक संजालमा बढी व्यस्त छिन् । नायिका खड्काले एक अमेरिकन चलचित्रमा काम गर्ने खबर पनि सार्वजनिक भैसकेको छ ।

नायिका खड्काले पनि सबै कुरा चाडै नै ठिक भएर भगवानले चाहेको खण्डमा आफूले अमेरिकन चलचित्रमा काम गर्ने जानकारी आफ्ना फ्यानहरुलाई दिइसकेकी छिन् ।

लक डाउनको समयमा पुस्तक पढ्ने, घरको काम गर्ने र मोबाइलमा गेम खेल्ने गरेको स्वस्तिमा बताउँछिन् ।

उनै, स्वस्तिमाले आफ्ना श्रीमान् निश्चल बस्नेतसँगको एक तस्वीर शेयर गर्दैै लेखेकी छिन्–‘तिमी त्यस्तो जोखिम हौ, जुन म सधै लिन चाहन्छु ।’

स्वस्तिमाको यो कुराले पनि निश्चल र उनको प्रेम झल्काउँछ । यो जोडीले गतबर्ष चलचित्र ‘घामड शेरे’मा एकसाथ काम गरेको थियो । यसपछि, फेरि यो जोडीले एउटा चलचित्रमा एकसाथ काम गर्ने चर्चा चलेपनि लक डाउनका कारण उक्त योजना पछि धकेलिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment