Comments Add Comment

भारतमा एकैदिन थपिए झण्डै ५ हजार संक्रमित

४ जेठ, काठमाडौं । भारतमा एकैदिन कोरोना भाइरस (कोभिड-१९) का झण्डै पाँच हजार संक्रमित थपिएका छन् ।

भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार, पछिल्लो २४ घण्टामा भारतमा चार हजार नौ सय ८७ नयाँ संक्रमित देखिएका हुन्। यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९० हजार नौ सय २७ पुगेको छ ।

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि दुई हजार आठ सय ७२ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा एक सय २० जनाको मृत्यु भएको छ ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३० हजार सात सय छ पुगेको छ । महाराष्ट्रमा अहिलेसम्म एक हजार एक सय ३५ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।

त्यस्तै, गुजरातमा अहिलेसम्म १० हजार नौ सय ८८ संक्रमित पुगेका छन् । यो राज्यमा मृत्यु हुनेको संख्या पनि छ सय २५ पुगेको छ । भारतको मध्यप्रदेशमा संक्रमितको संख्या चार हजार सात सय ८९ संक्रमित फेला परेका छन् । यो राज्यमा दुई सय ४३ जनाको मृत्यु भइसकेको छ ।

भारतको पश्चिम बंगालमा दुई हजार पाँच सय ७६ संक्रमित पुगेका छन् भने मृत्यु हुनेको संख्या दुई सय ३२ पुगेको छ । उत्तर प्रदेशमा पनि संक्रमित संख्या चार हजार दुई सय ५८ पुगेको छ । उत्तर प्रदेशमा अहिलेसम्म कोरोना भाइरसबाट एक सय चार जनाको मृत्यु भएको छ । बिहारमा एक हजार एक सय ७९ संक्रमित पुग्दा सात जनाको मृत्यु भइसकेको छ ।

अहिलेसम्म भारतमा ३४ हजार एक सय नौ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment