+
+
Shares

रुसमा कोरोना संक्रमितको संख्या दुई लाख ८० हजार नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ४ गते १५:४५

४ जेठ, काठमाडौं । रुसमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या दुई लाख ८० हजार नाघेको छ ।

रुसको कोरोना भाइरस रेस्पोन्स हेडक्वार्टरले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा रुसमा नौ हजार सात सय नौ जना नयाँ संक्रमित भेटिएका छन् । यससँगै रुसमा कोरोना भाइरसका समग्र संक्रमितको संख्या दुई लाख ८१ हजार सात सय ५२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा रुसमा कोरोना भाइरसबाट ९४ जनाको मृत्यु भएको छ । यससँगै रुसमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या दुई हजार ६३१ पुगेकोछ ।

रुसमा भेटिएका संक्रमित र मृतकमध्ये आधाभन्दा बढी राजधानी सहर मस्कोमा फेला परेका छन् । पछिल्लो समय रुसमा निकै तीव्र गतिमा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।

स्रोत : सीएनएन

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?