+
+
Shares

सेलपेबाट कोरोना भाइरसविरुद्ध बीमा गर्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ४ गते १९:५६

४ जेठ, काठमाडौं । सेलपे सेवाका ग्राहकहरुले हाल विश्वभरी फैलिरहेको महामारी रोग कोरोना भाईरस (कोविड १९) विरुद्धको बिमा सुबिधा सेलपे मोबाईल वा वेब एप्लीकेशन मार्फत सरल र सहज रुपमा वास्तविक समयमा खरिद गर्न सक्ने भएका छन् ।

नेपालमा पनि भाईरसको संक्रमण बढ्दै गएको हुँदा यस रोगबाट हुन जाने आर्थिक क्षतिको जोखिमलाई न्युनिकरण गर्न बिमाको आवश्यकता महसुस गरी सेलपेसँग आबद्ध सगरमाथा इन्सुरेन्स कम्पनीसंगको सहकार्यमा कोरोना भाईरसविरुद्ध बिमा सुविधा खरीद गर्न सकिने सेवाको सुरुवात गरेको छ, जसको मुख्य उद्देश्य कोरोना भाईरस संक्रमित व्यक्तिहरुलाई आर्थिक सहयोग पुर्याउनु रहेको छ । ग्राहकहरुले आˆनो आवश्यकता अनुसार व्यक्तिगत बीमा वा पारिवारिक बीमा रोज्न सक्नेछन् ।

सेलपेका ग्राहकहरुले बीमा गर्नका लागि आˆनो सेलपे एप्पमा गई कोविड-१९आइकनमा क्लिक गरी सजिलै आˆनो आवश्यकता अनुरुप व्यक्तिगत बीमा वा पारिवारिक बीमा वास्तविक समयमा खरिद गरि रकम भुक्तानी गर्न सक्नुहुनेछ ।

यस अन्तर्गत बीमा शुल्क भुक्तानी गरेको १५ दिनसम्म प्रतिक्षा अवधी रहने छ र १५ दिनको प्रतिक्षा अवधी सकिएपछि कोही व्यक्तिमा कोरोना भाईरस पोजिटिभ पुष्टि भएमा, पुष्टि हुने बित्तिकै बीमा रकमका लागि दाबी गर्न सक्नु हुनेछ । यस बिमाको समय अवधि कोरोना भाईरस विरुद्ध बीमा भुक्तानी गर्नु भएको १२ महिना सम्म कोरोना भाईरस पोजिटिभ पुष्टि भएमा यो बीमा योजनाको सुबिधा लिन सकिनेछ ।

ग्राहकहरुले रु १ लाख सम्मको कोरोना भाईरस बिरुद्ध बिमा गराउन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?