+
+
Shares

सामाजिक दुरी कायम गराउन पाण्डासँग डिनर

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ५ गते ८:५५

कोरोना भाइरस महामारीपछि कतिपय देशमा होटल रेस्टुरेन्ट आंशिक रुपमा खुल्न थालेका छन् । तर, सरकारले होटल रेस्टुरेन्ट खोल्नका लागि सामाजिक दुरी पालनाका कडा नियम तय गरेको छ ।

थाइल्याण्डमा पनि केही समय पहिलेदेखि रेस्टुरेन्टहरू खुलेका छन् । तर, सरकारले सख्त रुपमा सामाजिक दुरीको नियम पालना गरेर मात्र रेस्टुरेन्टहरू सञ्चालन गर्न आदेश दिएको थियो । जसअनुसार अब रेस्टुरेन्टहरूले एउटा टेबुलमा एक पटकमा एकजना मात्रै ग्राहकलाई सर्भ गर्न पाउनेछन् । अर्थातसँगै आउने दम्पत्ति वा परिवारबाहेकका मानिसहरूलाई एउटै टेबलमा बसाल्न पाइँदैन ।

यस्तो नियमका कारण रेस्टुरेन्टमा आउने ग्राहकहरूले एक्लोपना महसुस गर्ने तथा दिक्क मान्ने अनुमान गरेसँगै राजधानी बैङ्कमा रहेको एउटा भियतनामी रेस्टुरेन्टले अनौठो उपाय अपनाएको छ।

ग्राहकको एक्लोपना भगाउन तथा रमाइलो प्रदान गर्नका लागि उक्त रेस्टुरेन्टले ग्राहकहरूलाई पाण्डासँगै बसेर डिनर गर्न पाउने व्यवस्था गरेको छ ।

Maison Saigon नामक उक्त रेस्टुरेन्टले हरेक टेबुलमा हुने दुईवटा आमनेसामने कुर्सीहरूमध्ये एउटामा ठूलो आकारको पाण्डाको डल राखिदिएको छ । त्यसैले रेस्टुरेन्टमा आउने ग्राहकहरूले आफ्नै टेबुलको ठ्याक्कै सामुन्नेको कुर्सीमा साँच्चिकै जस्तो लाग्ने पाण्डालाई हेर्दै भोजन गर्न पाउनेछन् । यसबाट आफ्नो सामुन्नेको कुर्सी खाली भएको नरमाइलो अनुभूति ग्राहकहरूलाई नहुने र पाण्डाको मुखाकृति हेर्दा रमाइलो पनि महसुस हुने दाबी रेस्टुरेन्टका मालिकको छ ।

हुन पनि रेस्टुरेन्टको यो काइदा ग्राहकहरूले निकै रुचाएका छन् । रेस्टुरेन्टमा पाण्डासँग बसेर खानका लागि उल्लेख्य मात्रामा ग्राहकहरू जाने गरेका छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?