Comments Add Comment

लकडाउनमा म्याद गुज्रिएका मुद्दालाई के गर्ने ? सर्वोच्चमा आज छलफल हुँदै

५ जेठ, काठमाडौं । कोरोना महामारीका कारण अदालतका धेरै सेवा बन्द हुँदा म्याद गुज्रिएका मुद्दाका विषयमा के गर्ने भनी सोमबार सर्वोच्च अदालतमा छलफल हुँदैछ ।

त्यसका लागि सर्वोच्चले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणासहित सबै न्यायाधीश सम्मिलित बृहत् पूर्ण इजलास गठन गरेको छ । बृहत् पूर्ण इजलासमा सर्वोच्चको मुद्दा तथा रिट महाशाखाको प्रतिवेदनमाथि छलफल हुने सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए ।

‘लकडाउनका कारण अदालतका कतिपय सेवा बन्द हुँदा धेरै मुद्दाको म्याद र हदम्याद गुज्रिएका छन् । ती मुद्दाको विषयमा के गर्ने भनी बृहत् पूर्ण इजलासमा छलफल हुँदैछ’ उनले भने । सोमबार साँझसम्म यस विषयमा एउटा निर्णय आउने ढकालले बताए ।

चैत ११ गते लकडाउन सुरु भएदेखि सर्वोच्च अदालत र देशभरका अदालतले बन्दीप्रत्यक्षीकरण रिट र कोरोना महामारीसम्बन्धी मुद्दाहरू मात्र हेर्ने निर्णय गरेको थियो । यसका अदालतमा रहेका धेरै मुद्दाहरू प्रभावित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment