Comments Add Comment

कोरोना नियन्त्रणमा आएपछि यसको अनुसन्धानमा सघाउँछौं : चीन

५ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) उत्पत्तिबारेको अनुसन्धानमा सघाउन आफू तयार रहेको चीनले जनाएको छ । तर त्यसका लागि यसको अन्त्यसम्म कुर्नुपर्ने उसको भनाइ छ ।

७३ औं विश्व स्वास्थ्यसभामा बोल्दै चिनियाँ राष्ट्रपति सी चिनफिङले कोरोना भाइरसको महामारी नियन्त्रणमा आएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले गर्ने कुनै पनि अनुसन्धानको लागि चीनले समर्थन गर्ने बताए ।

सोमबार सुरु यो सभामा कोरोना भाइरस र यसको उत्पत्तिबारे अनुसन्धान गर्न प्रस्ताव पेस भएको छ । यो प्रस्तावमा एक सयभन्दा बढी मुलुकले समर्थन जनाएका छन् ।

यो सभामा बोल्दै चिनियाँ राष्ट्रपति चिनफिङले चीनले यो मामिलामा पारदर्शिता र जिम्मेवारीका साथमा काम गरेको बताए । चीनले समयमा नै यस विषयमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र अन्य सम्बन्धित मुलुकलाई जानकारी दिएको चिनफिङले बताए । उनले आगामी दुई वर्षमा कोरोना भाइरस नियन्त्रणका लागि दुई अर्ब डलर सहयोग आह्वान गरेका छन् । उनले चीनले कोरोना भाइरसको खोप निर्माण गरे त्यो विश्वभरको लागि सार्वजनिक सम्पत्ति हुने बताएका छन् ।

अनलाइन मार्फत शुरु भएको यो सभामा बोल्दै डब्ल्यूएचओको महानिर्देशक टे«डोस अधानम गेब्रेयेससले सकेसम्म छिटो महामारीको विषयमा अनुसन्धान गर्नुपर्नेमा जोड दिएका छन् । उनले उचित समयमा आफूले यस विषयमा अनुसन्धानको शुरु गर्ने बताएका छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment