+
+
Shares

कविता : नेताज्यूको नोकर होईन जागिर

मिनेन्द्र अगुवा( लिम्बू) मिनेन्द्र अगुवा( लिम्बू)
२०७७ जेठ ५ गते १०:०५

गएर गिर्नै पर्छ र जागिर?

ज्यू, हजुर थेगो लाउनै पर्छ र जागिर ?

पेचामा तोरी पेले झै पेलिनै पर्छ र ?

किन काला कर्तुत ओकल्न मनाही छ ?

 

आँखा फुटेको गोरुलाई झै सधै हरियो देखाउन

रेड कार्पेट ओछ्याएर भूल्याउने

जनतालाई दुहुनो बनाएर झुल्याउने

श्रोत ,साधन र बजेट बाबुको बिर्ता सम्झिने

जागीरेको धर्म रे स्वीकार गर्नै सकिन।

मिनेन्द्र अगुवा( लिम्बू)

 

राष्ट्र सेवक भनेर खाएको कसम

समृद्धिको लागि साँचेका सपनाहरु

मेरै आँखा अगाडि बलात्कृत भएको कसरी हेरुँ ?

 

दुई जिब्रे नेताज्यूको नोकर होईन जागिर

हाकिमको हुंकार पनि होईन जागिर

गएर गिर्न जान्ने जागिरेहरु

नोकरी गर्न जान्ने नोकरहर,

“क” बर्गको हुँ भनेर धक्कु लाएको देख्दा

लाईसेन्स प्राप्त डाकु झै लाग्छ

 

बिल भर्पाईमा चांदी कटाई गर्नेहरु

दर रेट तोकेर जनसेवा गर्नेहरुले

असली राष्ट्र सेवकको पगरी गुथेको देख्दा

नाङै उभिए झै लाज लाग्छ

 

नाम र परिभाषा फेर्नै पर्छ नोकरीको

गिर्ने बानी बदल्नै पर्छ जागिरेको

नोकर बन्ने नोकरी मुर्दाबाद

गएर गिर्ने जागिर मुर्दाबाद

राष्ट्र सेवा जिन्दाबाद,जिन्दाबाद

२०७६/२/५ गते

मालेपाट्न पोखरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?