Comments Add Comment

अर्घाखाँची जिल्लाका सबै नाका सिल

६ जेठ, अर्घाखाँची । छिमेकी जिल्ला गुल्मीका एक जनामा कोरोना देखिएपछि अर्घाखाँचीमा थप सतर्कता अपनाउन थालिएको छ । अर्घाखाँची जिल्लाका सबै सीमा नाका सिल गरी थप सुरक्षा व्यवस्था अपनाइने जिल्ला सुरक्षा समिति बैठकले निर्णय गरेको छ ।

अर्को व्यवस्था नभएसम्मका लागि वित्तीय सँस्था पनि बन्द गर्ने प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए ।

गुल्मीका संक्रमित बिरामी सन्धिखर्कस्थित छाया पोलिक्लिनिकमा चेक गराएर बुटवल गएकाले छाया पोलिक्लिनिक अर्को व्यवस्था नभएसम्म सिल गर्ने पनि निर्णय गरेको छ ।

तरकारी, दूध, किराना, मासु पसल बिहान ७ देखि १० देखि खोल्ने, दूध पसल बिहान ६ देखि ९ बजे र बेलुका ५ बजेदेखि ७ बजेसम्म मात्र खोल्ने, जिल्लाको लकडाउनलाई थप कडाई गर्ने पनि निर्ण गरेको छ ।

अत्यधिक काम परेमा जिल्ला प्रशासन र प्रहरीलाई सम्पर्क गरेर मात्रै हिँडडुल गर्ने निर्णय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment