Comments Add Comment

कस्तो र कति नुन स्वस्थ्यका लागि उचित ?

हाम्रो खानामा अनिवार्य हुन्छ, नुन । चाहे तरकारी होस्, दाल होस्, अचार होस् या जुनसुकै खानेकुरामा नुन चाहिन्छ । तर, चिकित्सकहरू भन्ने गर्छन्, ‘नुनको मात्रा नियन्त्रण गर्नुपर्छ । नुनको मात्रा धेरै हुँदा स्वास्थ्यमा असर गर्छ ।’

त्यसो भए नुनको उचित मात्रा कति हो ? के नुनले स्वस्थ्यमा हानि गर्छ ?

नुन सेवन गर्दा हानिकारक हुन्छ भन्ने बुझाइसँगै कतिले नुनको सेवन चटक्कै छाड्छन् । के नुन सेवन पूर्णत: निषेध गर्नुपर्छ ? वा त्यसको अरू कुनै विकल्प छ ?

नुन के हो ?

घरमा हामी अक्सर प्रयोग गर्ने नुनलाई टेबल साल्ट वा सफा नुन भनिन्छ। यस नुनलाई सोडियम क्लोराइड भनिन्छ । सोडियम र क्लोरिन दुई तत्व मिलेर बनेको नुन हो यो।

शरीरका लागि किन जरुरी छ ?

शरीरमा पानीको मात्रा नियन्त्रित राख्नका लागि हामीलाई सोडियमको जरुरत हुन्छ । नुन यसको प्रमुख स्रोत हो ।

दिमागदेखि शरीरका अन्य अङ्गसम्म सूचना आदान–प्रदान गर्नका लागि सोडियमको महत्वपूर्ण भूमिका हुन्छ । साथै, मांसपेशीलाई सक्रिय बनाइराख्नका लागि सोडियम चाहिन्छ ।

तर, यसले सबै पदार्थलाई आफूतर्फ तान्ने गर्छ । त्यसैले सोडियमको अधिक प्रयोगले शरीरमा पानीको मात्रा बढ्छ । जो स्वास्थ्यका लागि एकदमै हानिकारक हुन्छ ।

कुन नुन बढी उपयोगी ?

अहिले बजारमा थरीथरीका नुन उपलब्ध छन् । यसमध्ये पनि कुन नुन बढी उपयोगी वा स्वास्थ्यका लागि फाइदाजनक होला ?

सेतो नुन

टेबल साल्ट विश्वभर प्रयोग गरिने नुन हो । खासगरी खाना बनाउनका लागि यसको प्रयोग गरिन्छ । जो तपाईं हाम्रो भान्सामा पनि छ ।

यसलाई आयोडाइज्ड भनिन्छ। ताकि यसबाट हाम्रो शरीरमा पर्याप्त आयोडिन मिल्न सकोस् । सेतो नुनमा सोडियम ३९ दशमलव १ प्रतिशत, पोटासियम ० दशमलव ०१ प्रतिशत र सोही बमोजिम आइरन पाइन्छ ।

समुन्द्री नुन

समुन्द्री नुनलाई समुन्द्रको पानी वाष्पित गरेर बनाइन्छ । समुन्द्री नुनमा केही मिनेरल्स बढी हुन्छ। जसले गर्दा खानाको स्वाद थोरै अलग हुन्छ । तर, यो सादा नुन जस्तो हो । समुन्द्री नुनमा सोडियम ३८ दशमलव ३ प्रतिशत, पोटासियम शून्य दशमलव शून्य ८ प्रतिशत, म्याग्नेसियम शून्य दशमलव शून्य ५ प्रतिशत र आइरन शून्य दशमलव शून्य १ प्रतिशत हुन्छ ।

हिमालयन नुन

पिङ्क हिमालयन सल्ट वास्तवमा निकै फरक किसिमको नुन हो। यो हाम्रो स्वास्थ्यका लागि एकदमै फाइदाजक हुन्छ। यसलाई रक साल्ट, हिमालयन क्रिस्टल सल्ट नामले पनि चिनिन्छ । सेधा नुन पनि यसकै एक प्रकार हो । यस नुनमा सोडियम ३६ दशमलव ८ प्रतिशत, पोटाशियम शून्य दशमलव २८ प्रतिशत, म्याग्नेसियम शून्य दशमलव १ प्रतिशत र आइरन एकदम नगण्य मात्रामा हुन्छ ।

कुन नुन उपयोगी ?

यदि तपाईं सीमित मात्रामा प्रयोग गर्नुहुन्छ भने सबै नुनमा पोषक तत्व प्राप्त हुन्छ । यदि तपाई पूर्णत स्वसथ्य हुनुहुन्छ भने, टेबल साल्ट अर्थात दिनहुँ तपाईले प्रयोग गरिरहेकै नुन उपयोगी हुन्छ ।

किनभने सोडियम, पोटाशियम र म्याग्नेशियम त अरु सबै नुनबाट पाइन्छ । तर, आयोडिन मिल्दैन । धेरैजसो प्याकेटबन्द टेबल साल्टलाई आयोडाइन्ज्ड गरिएको हुन्छ । आयोडिन हाम्रो स्वास्थ्यका लागि एकदम फाइदाजक हुन्छ । यसको अभावले कतिपय गम्भीर रोग लाग्न सक्छ, जस्तो थाइराइड ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment