+
+
Shares

चितवनमा मृत्यु भएका वृद्धमा कोरोना देखिएन

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ६ गते १८:१४

६ जेठ, काठमाडौं । चितवनको भरतपुर अस्पतालमा मृत्यु भएका ६८ वर्षका वृद्धमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।

मंगलबार अस्पतालको आईसीयू कक्षमा उपचाररत रौतहटको परोहा नगरपालिका– ८ का एक वृद्धको मृत्यु भएको थियो ।

ती वृद्धलाई कोरोना संक्रमण भएको आशंकामा भरतपुर कोभिड-१९ परीक्षण प्रयोगशालामा परीक्षण गर्दा संक्रमण नभएको पाइएको भरतपुर अस्पतालले जनाएको छ ।

श्वासप्रश्वासको समस्या भएपछि आइतबार राति ९ बजे भरतपुर अस्पतालमा भर्ना गरिएका वृद्धलाई क्यान्सर भएको आशंकामा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल रेफर गरिएको थियो । तर, उनको भरतपुर अस्पतालमै मृत्यु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?